गाईघाटमा बर्तालुको चहलपहल, हेरौं तस्बिर!

कास्की | साउन २, २०७९

गाईघाटमा बर्तालुको चहलपहल, हेरौं तस्बिर!

पोखरा:  साउन महिनाको पहिलो सोमबार शिब मन्दिरमा विशेष पुजा गर्ने गरिन्छ । विशेषगरि हिन्दु नारीहरु शिवजी र पतिको नाममा ब्रत बस्ने गर्दछन् । यसो गर्दा पतिको आयु बढ्ने र परिवारमा सुख प्राप्त हुने परम्परागत विश्वास रहदैं आएको छ । 

 

पोखरा महानगरपालिका १ सिमपानीस्थित गाईघाटमा बिहानैदेखि बर्तालुहरुको चहलपहल देखिन्थ्यो । 

 

गाईघाटबाट नदीको जल लगेर पोखरा ६ स्थित बैदामको केदारेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाइने गरिन्छ । यसो गर्दा आँटेको पुग्ने विस्वाश रहदै आएको छ ।

 

साउन महिना विशेष गरेर आशुतोष भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रहिआएको छ । 

 

हरियाली चुरा पोतेलाई सौभाग्यको रुपमा लिइन्छ । भने सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको शुुरुवातको संकेत गर्ने पुुर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना मानिन्छ । 

 

हेरौं, १५ तस्बिरमा गाईघाट आसपासमा देखिएको साउने पहिलो सोमबारको बर्तालुहरुको रौनक:-

तस्बिर: सुनगाभाकर्मी बिबि रोकामगर

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्